22nd January | 2021 | Friday | 12:25:01 PM

प्रधानमन्त्री ओलीसंग चिनियाँ रक्षामन्त्री वेईको भेटघाट

हिमालय टाइम्स   POSTED ON : मंसिर १४, २०७७ (६:४२ PM)

प्रधानमन्त्री ओलीसंग चिनियाँ रक्षामन्त्री वेईको  भेटघाट

काठमाडौ । नेपालको एक दिने भ्रमणमा आउनु भएको चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु भएको छ।

रक्षामन्त्री वेईले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर वेईले प्रधानमन्त्री ओलीसँग आइतबार साँझ शिष्टाचार भेटवार्ता गर्नु भएको हो ।

त्यस्को केही अघि वेईलाई नेपाली सेनाको एक टुकडीले सैनिक मुख्यालय जंगी अड्डामा सम्मान गारद (गार्ड अफ अनर) प्रदान गरेको थियो ।

आजै वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्तासमेत गर्नु भएको थियो ।


Views: 73