22nd January | 2021 | Friday | 11:21:55 AM

कांग्रेस नेता मीन विश्वकर्मा ३६ दिनपछि डिस्चार्ज

हिमालय टाइम्स   POSTED ON : मंसिर १४, २०७७ (६:५९ PM)

कांग्रेस नेता मीन विश्वकर्मा ३६ दिनपछि डिस्चार्ज

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मा ३६ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो समय ग्राण्डी इन्टरनेस्नलमा उपचाररत विश्वकर्मालाई आइतबार अस्पतालले डिस्चार्ज दिएको हो । 

उहाँको गत १ कात्तिकमा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । ८ दिन होम आइसोलेसन बसेपछि उहाँलाई श्वास प्रश्वासमा लगायत समस्या देखिएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो  । सुरुमा उहाँ वीर अस्पताल भर्ना हुनु भएको थियो । स्वास्थ अझ जटिल वनेपछि उहाँलाई ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

विश्वकर्मालाई सात दिन भेन्टिलेटर र २१ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो ।

परीक्षणको क्रममा नेता विश्वकर्माको फोक्सोमा निमोनिया देखिएको थियो ।

स्वास्थ्यमा सुधार आएपछि आइतबार उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।

Views: 105