18th January | 2021 | Monday | 12:38:49 AM

राजतन्त्रको पक्षमा हेटौंडामा वृहत प्रर्दशन

  POSTED ON : मंसिर १५, २०७७ (९:४० AM)

राजतन्त्रको पक्षमा हेटौंडामा वृहत प्रर्दशन

हेटौंडा । पछिल्लो समय देशका विभिन्न ठाउँमा भइरहेको राजसंस्था र हिन्दू राज्यको नारा आइतबार बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडामा लागेको छ । हेटौंडामा राजसंस्था र हिन्दू राज्यको पक्षमा ¥याली तथा प्रदर्शन भएको हो । हिन्दू राष्ट्रसहित २०४७ सालको संविधान पुनस्र्थापनाको माग गर्दै वृहत -याली निकालिएको थियो ।

‘२०४७ को संविधान पुनस्र्थापना अभियान’ नाम दिइएको -यालीमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने, २०४७ सालको संविधान लागू गर्नु पर्ने नारा लगाइएको थियो । सहभागीहरूले वर्तमान गणतान्त्रिक संविधानले मुलुकले जनताको हित नहुने र हालको संविधान अनुसारका सरकारले जनताको पक्षमा काम नगरेको, मुलुकको एकतामा चोट पु¥याएको आरोप लगाएका छन् ।

सहभागीहरूले गणतान्त्रिक सरकारको शैलीका कारण स्वस्फूर्त विरोध स्वरुप -यालीमा सहभागिता रहेको दाबी गरेका थिए । ¥यालीका कारण हेटौंडा बजारको यातायात व्यवस्थासमेत अबरुद्ध भएको थियो । हेटौंडाको हुप्राचौरबाट निस्किएको ¥याली हेटौंडा बजार परिक्रमा गर्दै सीमा चोकमा पुगेर सभामा परिणत भएको थियो । सभामा बोल्दै सहभागीहरूले देशमा भ्रष्टाचार मौलाइरहेको, बेथिति बढिरहेको, राष्ट्रियतामा आँच आइरहेको, बलात्कार, हत्या हिंसा जस्ता घटनाहरू दिन–प्रतिदिन बढ्दै गइरहेकाले यसको न्यूनीकरणका लागि राजतन्त्र फर्काउन आवश्यक रहेको बताएका थिए । 


Views: 93