18th January | 2021 | Monday | 1:07:45 AM

दोस्रो पुस्ता पार्टी र सरकार चलाउन सक्षम र तयार छ : मन्त्री पुन

हिमालय टाइम्स   POSTED ON : मंसिर १५, २०७७ (३:२१ PM)

दोस्रो पुस्ता पार्टी र सरकार चलाउन सक्षम र तयार छ : मन्त्री पुन

काठमाडौँ  । उर्जामन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुनले दोस्रो पुस्ता पार्टी र सरकार चलाउन सक्षम र तयार रहेको दावी गर्नुभएको छ ।

रोल्पाको लाकुरी पुगेर मन्त्री पुनले यस्तो बताउनु भएको हो । सोमबार लाकुरीमा ३३/११ केभी  सबस्टेशनको उद्घाटन  समारोहमा मन्त्री पुनले दोस्रो पुस्ता पार्टी र सरकारको नेतृत्व गर्न तयार रहेको बताउनु भएको थियो ।

दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता नेतृत्वका लागि तयार रहेको मन्त्री पुनको भनाइ थियो ।

उहाँले भन्नुभयो, ’दुबै अध्यक्षले  हामी प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्छौं  र युवा पुस्तालाई  नेतृत्व दिन तयार छौं भनेर निर्णय गर्नुस् हामी दोस्रो पुस्ताका नेता अध्यक्ष र प्रधानमन्त्री चलाउन तयार छौ,’ उहाँले भन्नु भयो, तर यो आवेग  र उत्तेजनामा आएर गर्ने होइन । हामीले विधिसम्मत ढंगले टुंगो लगाउनु पर्छ । हामी त्यसका लागि तयार छौ।’

उहाँले नेकपाभित्रको बहसले सिंगो देशको राजनीति प्रभावित भएको बताउँदै सत्तारूढ पार्टीको बहस भएकाले यति हुनु सादर्भिक भएको मन्त्री पुनको भनाइ थियो । साथै जनताको चाहना र सोही अनुसारको म्यान्डेटका कारण पार्टी एकता भएकोले एकता कमजोर नहुने उहाँको विश्वास थियो ।

उहाँले हाल देखिएका विवाद केन्द्रीय कमिटीले समाधान गर्ने र  ठूला विवादको निरूपण महाधिवेशनबाट हुने समेत बताउनु भयो । 

पार्टी नेतृत्वमा विवाद बढिरहेका बेला प्रधामन्त्री केपी शर्मा ओली आफु नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न तयार रहेको बताउँदे आउनु भएको छ । 

यसअघि सचिवालय बैठकमै पार्टीका महासचिव विष्णु पौडेलले पनि सचिवालय नै समस्याको कारण भएकाले सबैले राजीनामा दिनुपर्ने र नयाँ पुस्तामा जिम्मेवारी हस्तान्तरण गरिनुपर्ने बताउनु भएको थियो ।

File Photo

Views: 117