18th January | 2021 | Monday | 12:21:22 AM

सुरक्षाको कारण देखाउँदै धुम्बाराहीका बस्ने भनिएको नेकपाको सचिवालय बैठक बालुवाटारमा बोलाईयो

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७७ (१२:१९ PM)

सुरक्षाको कारण देखाउँदै धुम्बाराहीका बस्ने भनिएको नेकपाको सचिवालय बैठक बालुवाटारमा बोलाईयो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ ।

गत शनिबार आज बस्ने भनिएको सचिवालय बैठक धुम्बाराहीमा बस्ने भनिएको थियो । तर सुरक्षाका कारण धुम्बाराहीमा बस्ने भनिएको बैठक प्रधानमन्त्री निवास  बालुवाटारमा  बस्ने तय भएको एक सचिवालय सदस्यले बताए ।

गत शनिबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ पृष्ठको प्रस्ताव पेश गर्नुभएको थियो । यस अघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठको प्रस्ताव पेश गर्नुभएको थियो । मंसिर ३ गतेको बैठकमा प्रस्तुत प्रस्तावको अध्ययन गरी आवश्यक छलफल तथा गृहकार्य समेत गरेर आज बस्ने बैठकमा छलफल हुने बताइएको छ ।

यसअघिको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुहुँदै कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको प्रस्ताव अस्वीकार गर्दै फिर्ता लिन आग्रह गर्नुभएको थियो ।

पार्टीको मंसिर १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ । 

File Photo


Views: 96