16th January | 2021 | Saturday | 8:31:32 AM

कांग्रेस वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा

हिमालय टाइम्स   POSTED ON : मंसिर १७, २०७७ (४:०७ PM)

कांग्रेस वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई प्रहरीले हिरासतमा राखेको बताएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत आफुलाई हिरासतमा राखेको उहाँले बताउनु भएको हो ।

 बुधबार बिहान तनहुँको व्यास नगरपालिकास्थित बुल्दी खोलामा बनेको पुल उद्घाटन गर्न नेता पौडेल गृह जिल्ला पुग्नु भएको थियो

नगरपालिकाले बनाएको उक्त पुल उद्‌घाटन पौडेलबाट नगराउन भन्दै नेकपाका कार्यकर्ताले प्रदर्शन समेत गरेका थिए। 

 नेता पौडेलले फेसबुकमा लेख्नु भएको छ,‘भर्खर प्रहरी परिचालन गरि मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु। साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस ।’

Views: 95