काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको विरोधमा नेपाल विद्यार्थी संघले बुधबार साँझ काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शनमा नेविसंघका कार्यकर्ताले सरकार विरुद्ध नाराबाजी गरेका छन्।
तनहुँको व्यास नगरपालिका एक पुलको उद्घाटन गर्न पुग्नु भएको पौडेललाई स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै गिरफ्तार गरेको थियो ।
करिव तीन घन्टा नियन्त्रणमा लिएर आज साँझ पौडेललाई प्रहरीले रिहा गरेको छ ।
विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई नेविसंघका अध्यक्ष राजीव ढुंगाना लगायतले सम्बोधन गर्नु भएको थियो ।
कांग्रेसले वरिष्ठ नेता पौडेलको गिरफ्तारीलाई सरकारको अधिनायकवादी चरित्रको प्रदर्शन भनेको छ ।
Views: 133