16th January | 2021 | Saturday | 7:35:10 AM

काठमाडौंमा राजसंस्थाको पक्षमा प्रदर्शन (तस्वीरसहित)

हिमालय टाइम्स   POSTED ON : मंसिर २०, २०७७ (३:०९ PM)

काठमाडौंमा राजसंस्थाको पक्षमा प्रदर्शन (तस्वीरसहित)

काठमाडौं । पछिल्लो समय देशका विभिन्न ठाउँमा राजसंस्थाको माग गर्दै प्रदर्शन भईरहेका छन् । यसैगरी आज काठमाडौं उपत्यकामा राजसंस्थाको मागसहित प्रदर्शन भएको छ । उनीहरुले राजतन्त्र पुनर्वहालीको माग प्रदर्शन गरेका थिए ।

‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले हातहातमा राष्ट्रिय झण्डा बोकेका थिए ।

पृथ्वीनारायण शाहको तस्वीर बोकेका उनीहरुले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाएका छन् ।

 माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रहलाई बेवास्ता गर्दै राजावादीहरुले काठमाडौंको माइतीघर देखि बानेस्वर सम्म प्रदर्शन गरेका हुन् । माइतीघरमा भेला भएका उनीहरु जुलुस सहित नयाँ बानेश्वरसम्म पुगि कोणसभामा परिणत भएका थिए ।


जिल्ला प्रशासन कार्यालयले विरोध प्रदर्शन गर्दा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शन लगायतका गतिविधि गर्न रोक लगाएको छ । तरपनि प्रदर्शनकारीहरुले प्रशासनको सो आग्रहलाई बेवास्ता गर्दै प्रदर्शन गरेका हुन् । पछिल्लो समय राजावादीहरुले देशभर प्रदर्शन गर्दै आएका छन् ।

सभामा अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले तथा अधिवक्तासम्बोधन गर्नुभएको थियो । उहाँहरुले राजसंस्था स्थापना, संघीयता र धर्म निरपेक्षताको खारेजीको माग रहेको बताउनु भएको थियो । साथै आफ्नो माग हिजोको जस्तो राजसंस्था नभएर जापान बेलायतको जस्तो राजसंस्था रहेको उहाँको भनाइ थियो ।




Views: 104