16th January | 2021 | Saturday | 7:48:37 AM

दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा लाने नेकपा सचिवालयको निर्णय

हिमालय टाइम्स   POSTED ON : मंसिर २०, २०७७ (४:५८ PM)

दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा लाने नेकपा सचिवालयको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा पेश भएका दुवै अध्यक्षको प्रतिवेदन छलफलका लागि स्थायी कमिटीमा पेश हुने भएका छन् ।

आज बालुवाटारमा बसेको केन्द्रिय सचिवालय बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

केन्द्रीय सचिवालयको बैठकले भोलि १ बजे बस्ने पूर्वनिर्धारित स्थायी कमिटीको बैठकमा पार्टीको सचिवालय बैठकमा पेश भएका प्रस्तावलाई सार्थक निस्कर्षका लागि छलफलमा लगिने र उक्त बैठलले पार्टीमा देखिएको समस्या समाधान गर्ने उहाँले बताउनु भयो । 

आजको सचिवालय बैठकमा उक्त प्रस्ताव माथि छलफल भएपनि निस्कर्ष ननिस्किएको प्रवक्ता श्रेष्ठले जानकारी दिनु भयो । उक्त प्रस्तावलाई सार्थक निष्कर्षका लागि स्थायी कमिटीमा लाने उहाँले बताउनु भयो ।

नेकपा स्थायी कमिटीको बैठक आइतबार १ बजे बस्ने गरी पार्टी कार्यालय ध्रुम्बाराहीमा बोलाईएको छ ।


Views: 108