25th February | 2021 | Thursday | 7:57:48 AM

प्रचण्ड–माधव समूहको वाग्मती प्रदेश संसदीय दलको नेतामा शाक्य चयन

हिमालय टाइम्स   POSTED ON : पुष १५, २०७७ (२:२६ PM)

प्रचण्ड–माधव समूहको वाग्मती प्रदेश संसदीय दलको नेतामा शाक्य चयन

काठमाडौं । नेकपा प्रचण्ड–माधव समुहले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाई अष्टलक्ष्मी शाक्य चयन गरेको छ । 

बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा शाक्यको अध्यक्षतामा बसेको प्रदेशसभा संसदीय दलको बैठकले पौडेलले सोधेको स्पष्टिकरण दिन नपर्ने निर्णय गर्दै शाक्यलाई चयन गरेको हो ।

शाक्यलाई यसअघि नै दलको नेता बनाएर मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकाले आजको बैठकले त्यसलाई अनुमोदनमात्र गरेको बताइएको छ ।

यसअघि यो समूहले वाग्मती प्रदेशसभामा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई प्रस्ताव गरेको थियो ।


Views: 89