काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य तथा उद्योगमन्त्री लेखराज भट्टले प्रचण्डले गुरुको सम्मान गर्न नसकेको बताउनु भएको छ ।
नेकपाको ओली समूहले आजदेखि सुरु गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
काठमाडौँको कार्की ब्यांक्वेटमा जारी सुदूरपश्चिम प्रदेशका नेता कार्यकर्ताको प्रशिक्षणमा उहाँले भन्नुभयो, ‘प्रचण्ड यस्तो चेला हुन् जसले मोहन वैद्य जस्तो गुरुको सम्मान गरेनन् । जुन चेलाले गुरुको सम्मान गर्न सक्दैन त्यसले कसैको सम्मान गर्न सक्दैन ।’
आफूहरुलाई प्रचण्डले अन्तिम बेलासम्म पनि पूर्व माओवादी जति सबै एकजुट हुनुपर्ने भनेर एकतामा आउन आग्रह गरेको बताउँदै उहाँले आफूहरु प्रचण्डसँग जाने हो भने पूर्व एमालेका माधव नेपाल र झलनाथ खनाललाई फिर्ता गर्नुपर्ने बताउनु भयो ।
पूर्व माओवादी एकतामा जोड दिने प्रचण्डले पूर्व एमालेमा खेलेर पार्टी विभाजन गरेको उहाँको आरोप थियो ।
मन्त्री भट्टले प्रचण्डले आफुलाई वैचारिक बिचलन भएको भन्ने गरेको बताउँदै भन्नुभयो, ‘म मा होइन उनी आफैंमा वैचारिक विचलन छ । उनीहरु सडकमा गएर हामी यहाँ छौं भन्दैछन् तर अहिले कहाँ छन् भनेर प्रचण्ड–माधव नेपाललाई खोज्ने बेला आएको उहाँले बताउनु भयो ।
Views: 75