8th March | 2021 | Monday | 6:43:28 AM

प्रचण्ड–नेपाललाई प्रधानमन्त्री ओलीको कटाक्ष – सडकमा बसेर कपडा नमैल्याउनू, चुनाव तिर लाग्नू

हिमालय टाइम्स   POSTED ON : पुष १५, २०७७ (४:५३ PM)

प्रचण्ड–नेपाललाई प्रधानमन्त्री ओलीको कटाक्ष – सडकमा बसेर कपडा नमैल्याउनू, चुनाव तिर लाग्नू

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल नेकपा समूहलाई सडकमा बसेर कपडा नमैलाउन आग्रह गर्नु भएको छ ।

बुधबार राजधानीमा आयोजित सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । उहाँले चुनाव जित्नका लागि सडकमा होइन गाउँ गाउँ तिर जान प्रचण्ड–नेपाललाई आग्रह गर्नु भयो । चुनाव कम्तिमा २–४ जित्नका लागि पनि प्रचण्ड–नेपाल समूहले त्यसको तयारीमा लाग्नु पर्ने उहाँको भनाइ थियो ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री ओलीले धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गर्नुभएको छ ।

आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको उहाँले बताउनु भयो । उहाँले प्रचण्डलाई तीन बर्षसम्म षड्यन्त्रकारी राजनीति, धोका बेइमानी नगर्न सम्झाएको बताउनु भयो । 

प्रधानमन्त्री ओलीले आफ्ना पूर्व सहकर्मी माधवकुमार नेपाल प्रचण्डको कार्यकता भएको टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन्, मलाई केही भन्नु छैन ।’


Views: 110