काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।
आज केहीबेर अघि पत्रकार सम्मेलनमार्फत थप कार्यक्रम घोषणा गरेको हो ।
संयुक्त आन्दोलनका लागि प्रचण्ड–नेपाल पक्षले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग कुरा नमिलेपछि नेकपा प्रचण्ड–नेपालपक्षले एकलौटी रूपमा घोषणा गरेको हो ।
घोषित आन्दोलनको कार्यक्रमअनुसार पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला तथा संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने ।
पुस २१ गते संघीय राजधानी र देशका विभिन्न शहरहरुमा राजनीतिक पार्टीहरुसँग प्रधानमन्त्री केपी ओलीको कदमको विषयमा अन्तर्क्रिरया कार्यक्रम गर्ने ।
पुस २३ गते नागरिक समाजसँग अन्तरक्रिया गर्ने ।
पुस २४ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउने ।
पुस २६ गते सडक संविधान बाचन–ब्याख्या कार्यक्रम गर्ने ।
पुस २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँ तथा टोलसम्म कालोझण्डा गाड्नेलगायतका विरोधका कार्यक्रम गर्ने ।
पुस २९ गते निर्वाचनस्तरीय भेला, ३० गते सबै वडाहरुमा विरोध प्रदर्शन, माघ ५ गते पालिकाहरुमा विरोध प्रदर्शन र १० गते काठमाडौं उपत्यकालगायत देशभरका सहरी क्षेत्रमा मोटरसाइकल र्याली निकाल्ने ।
माघ १६ र १७ गते सबै प्रदेशमा विरोध सभा राखिएको छ भने माघ २२ गते देशव्यापी मसालजुलुस गरिनेछ ।
माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गर्ने बताइएको छ ।
Views: 104