काठमाडौं । नेकपा नेता एवं गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा बहुमत बनाएर अविश्वासको प्रस्ताव दर्ता गरी राजनीतिक ‘कू’ गर्न खोजेपछि प्रधानमन्त्रीले संसद विघटन गरेको बताउनु भएको छ ।
ओली समूहले शनिबार काठमाडौंमा आयोजना गरेको ‘वृहत् कार्यकर्ता’ भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
मन्त्री थापाले संसदले प्रधानमन्त्रीको नेतृत्वलाई विस्थापित गर्न खोजेपछि प्रधानमन्त्रीले विघटन गर्नुभएको बताउनु भयो ।
थापाले प्रधानमन्त्रीले संवैधानिक नभएर राजनीतिक कदम चालेको र त्यो निकै साहसिक कदम भएको दाबी गर्नुभयो ।
मन्त्री थापाले भन्नुभयो, ‘संसद जहाँ नेकपाको दुई तिहाइ मत छ । स्थिरताको संयन्त्र थियो। अस्थिरताको संयन्त्रमा परिणत गरी आफ्नै नेतृत्वलाई विस्थापित गर्ने भएपछि उहाँले प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गर्नुभयो ।’
मन्त्री थापाले सम्बोधनका क्रममा स्वर्गीय नेता मदन भण्डारीलाई पनि सम्झनु भएको थियो । उहाँले पार्टीलाई र देशलाई नेतृत्व दिन सही बिचार, सही नीति र सही कार्यक्रम चाहिन्छ भन्दै मदन भण्डारीलाई सम्झिनु भएको थियो ।
मन्त्री थापाले भन्नुभयो, ‘कमरेड मदन भण्डारीले सही विचार,सही नीति र नेतृत्वको छनौटले सफलता निश्चित गर्छ भन्नुभएको थियो । यो कुनै कितावमा छैन,माक्र्सवादका ठेलीमा छैन ।’
बादलले सम्बृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्न अहिले सही नीति र नेतृत्वमा सरकार अघि बढेका बेला नेकपाको एउटा गुट पार्टीबाट अलग भएको बताउनु भयो ा।
Views: 86