25th February | 2021 | Thursday | 8:25:16 AM

पेरिसडाँडामा प्रचण्ड–नेपाल पक्ष नेकपाको स्थायी कमिटी बैठक

हिमालय टाइम्स   POSTED ON : पुष १९, २०७७ (२:५९ PM)

पेरिसडाँडामा प्रचण्ड–नेपाल पक्ष नेकपाको स्थायी कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा बसेको छ । 

दिउँसो १ बजे सुर भएको बैठक अहिले पनि जारी छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणमा गर्न लागिएको आन्दोलनबारे छलफल गर्न बैठक बसेको एक नेताले बताए । 

पार्टी विभाजनपछि यो समूहको स्थायी कमिटी बैठक पुस ९ मा बसेको थियो । त्यसपछि पुस १४ मा देशभर प्रदर्शन गरेको यो समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिसकेको छ ।


Views: 78