काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न, नक्सा छापेको विरोध गर्न र सरकार विघटन गर्न खुमलटारदेखि अर्याल होटलसम्म सर्यौ षडयन्त्रका बैठक भएको बताउनु भएको छ ।
काठमाडौंको कार्की पार्टी प्यालेसमा आइतबार आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।
उहाँले वैशाख १३ देखि मंसिर ४ गतेसम्म प्रचण्ड–माधव नेपाल पक्षले तीन सय १५ वटा बैठक गरेको समेत बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, मैले आजमात्रै रेकर्ड पल्टाउँदै थिएँ, वैशाख १३ देखि मंसिर ४ सम्म कहीले खुमलटार, कहिले कोटेश्वर, कहिले प्रेसिडेन्ट कलेज, कहिले अँगेनोको डिल त त कहिले बानेश्वरको होटलमा उहाँहरुले ३१५ वटा बैठक गर्नुभएछ ।’
प्रधामन्त्री ओलीले संविधान र कानूनकै कारण विघटित संसद नबौरिँने बताउँदै भन्नुभयो, ‘संसद विघटन भयोभयो, नयाँ चुनाव हुन्छहुन्छ ।’
Views: 70