काठमाडौं । विघटित प्रतिनिधि सभाको प्रमुख विपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनका विरुद्धमा आन्दोलनको कार्यक्रम गर्ने घोषणा गरेको छ ।
आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा जनाए अनुसार कांग्रेसले पुस २५ गते देशभरका सम्पूर्ण प्रदेश सभाहरुमा विरोध प्रदर्शन गर्ने भएको छ ।
त्यसैगरी माघ ३ गते ७५३ वटै स्थानीय तहमा र माघ ८ गते देशभरका सबै वडामा प्रदर्शनको कार्यक्रम तय गरेको छ ।
Views: 119