27th January | 2021 | Wednesday | 7:09:04 PM

केपी ओलीले राजनीतिक नौटंकी गरेको दाहालको आरोप

  POSTED ON : पुष २९, २०७७ (३:५६ PM)

केपी ओलीले राजनीतिक नौटंकी गरेको दाहालको आरोप



काठमाडौँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली समूहलाई लक्षित गर्दै बाहिर नौटंकी प्रस्तुत भइरहेको दाहालले आरोप लगाएका छन् ।

उनले भने, ‘यहाँ यथार्थ भन्दा बाहिर गएर नौटंकी भइरहेका छ। कहिलेकाहीँ विछिप्त मानसिकताको उपज हो कि जस्तो लाग्छ' । दाहालले आयोगबाट आफूहरुले सूर्य र नेकपा नपाए आँधिहुरी आउने चेतावनीसमेत दिए ।  ओली भगौडा भएको दाबी गर्दै उनले भने, ‘बैठकमा नआउने ओली भगौडा हो । हामी भगौडा होइन । हामी नियम अनुसार बैठकमा बस्ने कसरी भगौडा ?’  यस्तै ओलीको काम लाजमर्दो रहेको दाहालको आरोप छ । दाहालले प्रचण्डले पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिन ओलीलाई चुनौती दिएका छन् ।


Views: 61