2nd March | 2021 | Tuesday | 7:31:12 AM

ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–नेपालपक्षको निर्णय

हिमालय टाइम्स   POSTED ON : माघ ११, २०७७ (८:११ PM)

ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–नेपालपक्षको निर्णय

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निश्कासन गरेको छ । स्थायी कमिटीको आइतबार बसेको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो ।

आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै पार्टीको साधारण सदस्यबाटै हटाएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिनु भयो।

  महासचिव बिष्णु प्रसाद पौडेलमाथिको कारबाहीबारे भने आज कुनै निर्णय नभएको र प्रक्रिया मै रहेको बुझिएको छ । 

२ माघमा सकिएको स्थायी कमिटी बैठकले ओली र महासचिव विष्णु पौडेललाई समेत कारबाहीका लागि स्ष्टीकरण सोध्ने निर्णय गरेको थियो । ५ माघमा प्रचण्ड- नेपाल पक्षका नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारको ३ नम्बर गेटमा स्पष्टीकरण पत्र छाडेका थिए ।

पत्रमा ‘पार्टी विरोधी गतिविधि गरिरहनु भएका तपाईंलाई पार्टीको सदस्यताबाट किन निष्काशन नगर्ने ?’ लेखिएको थियो । स्पष्टीकरण पत्र प्राप्त गरेको वा निवासमा टाँसेको मितिले तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको थियो । तर, प्रधानमन्त्री ओलीले त्यसको कुनै जवाफ दिनुभएन।


Views: 70