2nd March | 2021 | Tuesday | 8:21:45 AM

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

हिमालय टाइम्स   POSTED ON : माघ ११, २०७७ (९:४७ PM)

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन नभएको स्पष्ट पारेको छ । आयोगले नेकपा ओली पक्ष र प्रचण्ड-नेपाल दुवै पक्षलाई आधिकारिक नमान्ने निर्णय गरेको हो । आयोगको आज बसेको बोर्ड बैठकले दुवै पक्षको आधिकारिता दाबी नमान्ने निर्णय गरेको छ ।

यससँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टी नै यथावत् रहनेछ ।

प्रचण्ड-माधव समूहले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो। ओली समूहले पनि केन्द्रीय सदस्य थप गरेको जनाएको थियो ।

 माधवकुमार नेपालको अध्यक्ष पदले पनि मान्यता नपाउने भएको छ । ‘प्रधानमन्‍त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल समूहले नेतृत्व गरेको दुवै नेकपाको माग दावीअनुसार पार्टीको विवरण परिवर्तन हुन सक्ने अवस्था नदेखिएकाले साविक कै विवरण कायम गरेको जानकारी अध्यक्षद्वयलाई पठाएका छौं’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनु भयो ।


Views: 97