17th April | 2021 | Saturday | 1:23:33 AM

निर्वाचन आयोगले आफ्नो संवैधानिक दायित्वलाई भुल्यो : बर्षमान पुन

सुदीप भण्डारी   POSTED ON : माघ १२, २०७७ (५:२२ PM)

निर्वाचन आयोगले आफ्नो संवैधानिक दायित्वलाई भुल्यो : बर्षमान पुन

बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव समुहका नेता बर्षमान पुनले निर्वाचन आयोगले आफ्नो कानूनी र संबैधानिक दायित्वलाई वेवास्ता गरेको बताउनुभएको छ । 

रिपोटर्स क्लब लुम्बिनीले आज बुटवलमा गरेको कार्यक्रममा उहाँले आयोगमा निर्णय गर्ने क्षमता नै नदेखिएको उल्लेख गुर्नभयो । आइतबार निर्वाचन आयोगले नेकपा विभाजन नभएको र पुरानै अवस्थालाई मान्यता दिने निर्णय गरेपछि पुनको यो प्रतिक्रिया आएको हो। पुनले आयोगले विवाद मात्र पन्छाउने काम गरेर निर्णय गर्न नसकेको बताउनुभयो। ‘आयोगमा निर्णय गर्ने क्षमताको अभाव देखियो।’ उहाँले भन्नुभयो ‘निर्वाचन आयोगले आफ्नो संबैधानिक र कानूनी जिम्मेवारीलाई प्रयोग गरेन। विवादलाई पन्छाउने काम मात्र ग¥यो।’ 

पुनले कार्यकारीको अगाडी संबैधानिक निकाय लाचार बनेको टिप्पणी गर्नुभयो । दुइ पार्टी एकता हुँदा ४ सय ४१ जनाको केन्द्रीय समिति रहेको र त्यसको ७० प्रतिसत आफ्नो समुहमा रहेको भएपनि आयोगले लाचार बनेर निर्णय नगरेको पुनको भनाइ छ। ‘२ सय ९६ जनाले हस्ताक्षर नै बुझाइसकेका छौं । त्यही नै आधिकारीक हो ।’ उहाँले भन्नुभयो ।  आयोगको निर्णय बारे पार्टीले आफ्नो धारणा बनाउने र आयोग मार्फत जाने कि अदालत मार्फत जाने भनेर तय हुने उहाँले जानकारी दिनुभयो । 

पूर्व उर्जामन्त्री समेत रहेका पुनले अहिले ठाउँ ठाउँमा अघोषित रुपमा लोडसेडिङ हुनु दुभाग्य भएको बताउनुभयो । आफू मन्त्री भएपछि औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हटाएको भन्दै उहाँले अहिले लोडको समस्या नभएको उल्लेख गर्नुभयो । व्यवस्थापनको कारणले मात्र विद्युत आपूर्तिमा समस्या आएको भन्दै पुनले जिल्ला जिल्लामा पुगी भाषण गर्न छाडेर मन्त्रालयको काममा ध्यान दिन अहिलेका उर्जामन्त्री टोपबहादुर रायमाझीलाई सुझाब दिनुभयो ।

  


Views: 125