17th April | 2021 | Saturday | 2:49:39 AM

चौतारीमा बसेर अध्यक्ष भएँ भन्दै हिँडेकालाई निर्वाचन आयोगले खतम गरिदियो : ओली

हिमालय टाइम्स   POSTED ON : माघ १२, २०७७ (५:४९ PM)

चौतारीमा बसेर अध्यक्ष भएँ भन्दै हिँडेकालाई निर्वाचन आयोगले खतम गरिदियो : ओली

दाङ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफु असफल भएपनि देशलाई असफल हुन नदिने बताउनु भएको छ । 

ओली पक्षीय नेकपाद्वारा दाङमा सोमवार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

 प्रधानमन्त्री ओलीले आफूलाई पार्टीको साधारण सदस्यबाटै हटाउने भनी अर्को समूहले गरेको निर्णयप्रति कटाक्ष गर्दै भन्नुभयो, ‘अहिले केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटायौं रे, हाँस्न मन लाग्दैन ?’ भनेर सोध्नु भएको थियो ।

पार्टी बैठक छाडेर चौतारीमा बसेर अध्यक्ष भएँ भन्दै हिँडेकालाई निर्वाचन आयोगले खतम गरिदिएको बताउनु भयो । ‘केही मान्छेहरू बैठकमा नआएर, चौतारामा बसेर म अध्यक्ष भएँ भन्दै हिँड्या थे, हिजो निर्वाचन आयोगले खतम गरिदिएछ । यहाँ अध्यक्ष कोही भा’छैन भनिदियो,’ ओलीले भन्नभुयो ।


Views: 189