पाँचथर । आन्दोलनरत नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब पार्टी फुटाएर चिन्ह बयलगाँडा राख्न सुझाव दिनुभएको छ ।
पाँचथरको फिदिममा नेकपाको वृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई मंगलबार सम्वोधन गर्दे नेता नेपालले अब पार्टीको आधिकारिकता र सूर्य चिन्ह आफूहरुले पाउने दाबी गर्नुभयो ।
नेता नेपालले प्रधानमन्त्री ओलीलाई प्रतिगामी, संघियता, गणतन्त्र विरोधी भएको आरोप लगाउँदै बयलगाडा चढेर अमेरिका जाने मनसाय ब्यक्त गर्ने सोच भएको ब्यक्ति हुँदा उहाँले सूर्य चिन्ह पाउने हैन नयाँ पार्टी स्थापना गरेर चिन्ह बयलगाडा राख्न सुझाव दिनुभयो ।
उहाँले संसद पुर्नस्थापना हुनेमा आफूहरु विश्वस्त रहेको भन्दै संसद पुर्नस्थापना पछि केपी ओलीको हालत हुने बताउनुभयो ।
ओलीलाई नेकपाले साधारण सदस्य समेत नरहने गरी चिठी पठाउने तयारी गरिरहेको नेता नेपालले बताउनुभयो ।
पूर्व सभामुख सुवास नेम्बाङले हिजो सभामुख रहँदा संसद भंग गर्न पाईँदैन भन्ने आज ओलीको गुटमा गएपछि चुप लागेर बसेको बताउँदै नेता नेपालले उहाँलाई आफै तिर आउन आग्रह गर्नुभयो ।
यस्तै नेकपाका नेता जनार्दन शर्मा प्रभाकरले केपी ओली सामन्तवादी प्रवृतिका विरुद्ध सबै एकजुट भएर लडनुपर्ने बेला आएको बताउनुभयो ।
ब्यक्तिवादी प्रवृतिको अन्त्य गर्दै पार्टीमा विधि, पद्धति र संस्कार विकास गर्नुपर्ने उहाँको जोड थियो । अहिलेको उपलब्धिलाई रक्षा गर्दै शान्तिपूर्ण आन्दोलन मार्फत संविधान रक्षा गर्नुपर्ने समय आएको उहाँको भनाइ थियो ।
यस्तै नेकपाका नेता तथा पूर्व प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबो मौसमले भष्मासुर केपी ओली प्रवृतिलाई प्रतिगामिको संज्ञा दिँदै घुँडा टेकाएरै छोड्ने बताउनुभयो ।
अहिलकोे परिस्थितिमा चुनाव हुनै नसक्ने दावी गर्दे उहाँले अब संसद पुर्नस्थापना भई छोड्ने विश्वास ब्यक्त गर्नुभयो ।
Views: 67