काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार २५२ रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकोा छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०१७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६४ हजार ८२३ पुगेको छ ।
Views: 73