17th April | 2021 | Saturday | 2:30:45 AM

नेकपा दाहाल—नेपाल समूहको मानव साङ्लोद्वारा टुंडिखेल घेराउ

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ६, २०७७ (७:०२ PM)

नेकपा दाहाल—नेपाल समूहको मानव साङ्लोद्वारा टुंडिखेल घेराउ

काठमाडौं । नेकपादाहाल—नेपाल समूहले मानव साङ्लो बनाएर टुंडिखेल घेराउ गरेको छ । प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनरत सो समूहले बिहीबार टुंडिखेल मानव साङ्लोले घेराउगर्दै विरोध गरेको हो । 

गतपुष ५ गते संसद प्रतिनिधिसभा विघटन भएपछि निरन्तर आन्दोलनमा रहेको नेकपादाहालनेपाल समूहले पूर्व निर्धारित कार्यक्रमअनुसार टुंडिखेल घेराउ गरेको हो । 

दाहाल नेपाल समुहले आज टुंडिखेलमा प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम गरिएको नेकपा नेतृ पम्फा भूषालले बताउनुभयो । 

मानव साङ्लोका लागि केन्द्रीयतहका नेताका साथै विभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ता सहभागीता रहेको नेताहरुले बताएका छन् । 

मानवसाङ्लोमा सहभागीहरूले ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर’, ‘बढ्दो महँगी नियन्त्रण गर’, ‘ओलीजहाँ भ्रष्टाचार त्यहाँ’लगातएतका नारा लेखिएकाप्लेकार्ड प्रदर्शन गरेका थिए । 

दिउँसो ४ बजेबाट सुरु भएर ५ बजेसम्म मानव सांङ्लोसहित विरोधको कार्यक्रम आयोजना भएको थियो । 

संसद विघटन विरुद्ध निरन्तर आन्दोलनमा रहेको दाहाल–नेपालसमूहले फागुन २ गते चौंथो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । जसअन्तर्गत आजको कार्यक्रम आयोजनाभएको हो । 

गुरुङका अनुसार फागुन७गते सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रमगर्ने तालिका रहेको छ । यस्तै ७गतेदेखि १५ गतेसम्म प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन,फागुन ८ गते काठमाडौंमाप्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम, फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।

यसैगरी फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध, फागुन ११ गते मधेशी, आदिवासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहितको संयुक्त विरोधको कार्यक्रम तालिका रहेको छ । 

यस्तै फागुन १२ गते चितवन, फागुन २१ गते दाङ्ग र जनकपुर, नेपालगञ्ज, लगायतकाशहरहरूमाविरोध प्रदर्शन र सभा र संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवम् मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता दिने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।


Views: 82