17th April | 2021 | Saturday | 1:47:08 AM

मुलुक जटिलतामा फस्दै : पूर्वराजा

  POSTED ON : फाल्गुन ७, २०७७ (९:३२ AM)

मुलुक जटिलतामा फस्दै : पूर्वराजा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताउनुभएको छ । ७१औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरूको शासन प्रणाली मात्रै नभएको भन्दै नेपाली जनताले वास्तविक प्रजातन्त्रको अनुभूति गर्न नपाएको बताउनुभएको हो । पूर्वराजा शाहले नेपाल जनता र राजाको सहमतिबाट खडा भएको बताउँदै यसको अस्तित्व रक्षा पनि सहमतिबाटमात्रै हुने बताउनुभएको छ । उहाँले यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएको उल्लेख गर्नुभयो ।

उहाँले मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेको भन्दै सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभएको छ ।

पूर्वराजा शाहले जनताको आस्था, चाहना र जनभावना अन्ततः अमर रहन्छ भन्दै यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन बटारिन्न भन्नुभएको छ ।


Views: 81