17th April | 2021 | Saturday | 3:11:30 AM

प्रचण्ड–माधव पक्षका बहुमत केन्द्रीय सदस्य नागरिकता र परिचयपत्र सहित निर्वाचन आयोगमा जाने

  POSTED ON : फाल्गुन ७, २०७७ (११:२५ AM)

प्रचण्ड–माधव पक्षका बहुमत केन्द्रीय सदस्य नागरिकता र परिचयपत्र सहित निर्वाचन आयोगमा जाने

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्ष आज बहुमत केन्द्रीय सदस्यको नागरिकता र परिचयपत्र सहित निर्वाचन आयोगमा जाने भएको छ । निर्वाचन आयोगले नेकपाका दुवै पक्षका निर्णय अमान्य भनेपछि आधिकारिकता नपाउने  सम्भावना भएपछि उक्त निर्णय गरेको हो । पार्टीले केन्द्रीय सदस्यहरुलाई आफ्नो नागरिकता र परिचयपत्रसहित उपस्थित हुन सूचना पठाएको थियो । सो सूचनापछि काठमाडौं बाहिर रहेकाहरु पनि काठमाडौं आउँदैछन् । सबै केन्द्रीय सदस्य पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भेला भएर आयोग जाने निर्णय गरेका छन् । 

Views: 88