17th April | 2021 | Saturday | 2:04:59 AM

अस्थिरता रोक्न ताजा जनादेश : प्रधानमन्त्री

  POSTED ON : फाल्गुन ७, २०७७ (११:४० AM)

अस्थिरता रोक्न ताजा जनादेश : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको भन्दै निर्वाचित मितिमा चुनाव हुनुपर्नेमा जोड दिनु भएको छ । ओलीले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उक्त विचार व्यक्त गर्नु भएको हो । प्रधानमन्त्री ओलीले अहिलेको सरकारले लोकतन्त्रको बाटो नबिराउने जनाउँदै संविधान कसैले नमिच्ने र मिच्न पनि नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

Views: 118