काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा (अहिराज) नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषदको सिफारिसमाा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुखमा रौतहटका डा. झा नियुक्त हुनुभएको हो । उहाँ राजेश अहिराज नामले परिचित हुनुहुन्छ ।
मधेश मामिलामा विद्यावारिधी गर्नुभएको झा पत्रकारितामा समेत संलग्न हुनुहुन्छ ।
प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएपछि रिक्त ठाउँमा झालाई नियुक्त गरिएको हो ।
Views: 106