17th April | 2021 | Saturday | 1:19:46 AM

प्रदेश २ प्रदेश प्रमुख बर्खास्त र नियुक्तिको कांग्रेसद्वारा विरोध र भत्सर्ना

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ७, २०७७ (५:०९ PM)

प्रदेश २ प्रदेश प्रमुख बर्खास्त र नियुक्तिको कांग्रेसद्वारा विरोध र भत्सर्ना

काठमाडौं । नेपाली कांग्रेसले सरकारको सिफारिसमा २ नं. प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिको विरोध गरेको छ । 

कांग्रेसले पार्टी प्रवक्ता विश्व प्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको बताउँदै आज फेरि त्यही प्रवृत्ति दोहो¥याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउंदै जाने कर्म गरेको बताएको छ । कांग्रेसले यस प्रकारको सरकारको गतिविधिले घोषणा भएको निर्वाचनमा दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक भएको बताएको छ । 

कांग्रेसले विज्ञप्ति मार्फत संसद विघटनको असंवैधानिक कदम पश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न भन्दै यसप्रति कडा विरोध जनाउंदै स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी समेत दिएको छ ।



Views: 92