11th April | 2021 | Sunday | 6:45:36 PM

तयारी अवस्थामा बस्न केन्द्रीय सदस्यलाई प्रचण्ड र नेपालको निर्देशन

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ७, २०७७ (७:२७ PM)

तयारी अवस्थामा बस्न केन्द्रीय सदस्यलाई प्रचण्ड र नेपालको निर्देशन

काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले केन्द्रीय सदस्यलाई तयारी अवस्थामा बस्न निर्देशन दिनु भएको छ । 

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्ड र नेपालले यस्तो निर्देशन दिनुभएको हो ।

संसद विघटनपछि नेकपा ओली समूह कडा रुपमा प्रस्तुत थालेपछि दाहाल नेपाल समूहले कार्यकर्ताहरुलाई जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहन निर्देशन दिएको छ । 

अहिलेको राजनीतिक परिस्थिति तरलताको अवस्थामा रहेकाले जतिबेला जेपनि हुनसक्ने भन्दै तयारी अवस्थमा रहन कार्यकर्तलाई शीर्ष नेताहरुले निर्देशन दिएको बैठकमा सहभागी एक नेताले बताउनुभयो । 

संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली हरेक अवस्था पार गर्दै आफु विजयी हुने बाटो रोजेकाले अवस्था जतिबेला जे पनि हुन सक्ने अध्यक्षद्वय दाहाल नेपालको निष्कर्ष छ ।

 बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानको रक्षा गर्न आफुहरु प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले कुनै पनि हालतमा संविधानको रक्षा गरिने वाचा समेत गर्नुभयो । 

कामचलाउ ओली सरकारले कानून विपरित ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप जारी राखेको आरोप लगाउँदै श्रेष्ठले भन्नुभयो, ‘हामी संविधान र लोकतन्त्रको रक्षा गर्दै यसप्रकारको दमनकारी क्रियाकलापलाई पुरै बन्द गर्दै र नेपालमा फेरी सामाजिक, आर्थिक रुपमान्तरणको एउटा प्रक्रिया अगाडि बढाउन दृढ छौं ।’

बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम विरुद्ध पार्टीले गरेको आन्दोलनको समीक्षा पनि गरेको छ । आन्दोलनको संघर्षमा सत्तासिन गुट बाहेक सिंगो देश एकतावद्ध भएर अगाडि बढिरहेको र सफलताको दिशातिर आन्दोलन बढिरहेको मूल्याङ्कन बैठकले गरेको बताउनुभयो । सर्वोच्च आदालतले पनि संविधानसम्मत ढंगले निर्णय गर्ने विश्वास बैठकले गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो ‘छिट्टै सर्वोच्च अदालतले यस सम्बन्धमा विचाराधिन मुद्दाका बारेमा फैसाला गर्ने स्थिति आएको छ र हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतले संविधान सम्मत ढंगले संविधान र लोकतन्त्रलाई रक्षा गर्ने गरी निर्णय गर्ने छ भन्ने विश्वास व्यक्त गरेको छ ।’

सडक संघर्षको तीन चरणको कार्यक्रम सम्पन्न भएको र कानूनी लडाई समेत लडिरहेको सन्दर्भमा घोषणा गरिएको सडक संघर्षको चौथो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सिंगो पार्टी परिचालन गर्न निर्देशित गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

आयोगप्रति असन्तुष्टि

दाहाल नेपाल समूहले आफ्नो समूहमा बहुमत सदस्य हुँदैहुँदै पनि निर्वाचन आयोगले आधिकारिकता दिन ढिलाइ गरेकोप्रति असन्तुष्टि जनाएको छ । केन्द्रीय सदस्यहरुको भेलापछि प्रवक्ता श्रेष्ठले आफुहरु आयोगको कामप्रति सन्तुष्ट नरहेको बताउनुभयो । आयोगले निर्णय गर्न ढिलाइ गरेपनि कानून अनुसार नै निर्णय गर्छ भन्नेमा आफुहरु विश्वस्त रहेको उहाँले बताउनुभयो । ‘निर्वाचन आयोगले ढिलाई गरेको कुराप्रति हामी सन्तुष्ट छैनौं । तरपनि संवैधानिक अंगहरु सबैले संविधान र कानून अनुसार ढिलोचाँडो सही फैसाला गर्नेछन भन्ने अपेक्षा गर्दछौं’, उहाँले भन्नुभयो ।


Views: 87