17th April | 2021 | Saturday | 1:35:33 AM

वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ : उपप्रधानमन्त्री पोखरेल

  POSTED ON : फाल्गुन ८, २०७७ (१:३३ PM)

वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं ।उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा  निर्वाचन हुने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उहाँले यसका लागि चुनावका लागि तयार हुन आग्रह समेत गर्नुभयो । राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “ चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन् । जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैनन् । यसैले  ताजा जनादेशका लागि सबै तयार हुनुपर्छ । ” निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा  विकास र समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।  वाग्मती प्रदेश सरकार र स्थानीय जनसहभागितामा भीमसेनथान मन्दिरको पुनःनिर्माण गरिएको हो । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ क का प्रदेश सांसद नारायण सिलवालले मन्दिर पुनःनिर्माणमा पहल गर्नुभएको थियो  ।  अवसरमा उहाँले मन्दिर पुनःनिर्माण गर्न सफल भएकामा खुशी व्यक्त गर्दै हाँडीगाउँवासीको सहयोगकै कारण योजना सफल भएको बताउनुभयो । स्थानीयको करीब रु १६ लाख सहयोग उपलब्ध भएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका सबैखाले विकास निर्माणका कामका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । संस्कृति र सम्पदा बचाउनका लागि महानगरले धेरै काम गरिरहेको उहाँको भनाइ थियो । रासस

Views: 121