17th April | 2021 | Saturday | 2:57:26 AM

प्रधानमन्त्री ओलीविरुद्ध विराटनगरमा प्रदर्शन

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ८, २०७७ (२:२३ PM)

प्रधानमन्त्री ओलीविरुद्ध विराटनगरमा प्रदर्शन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा  उहाँविरुद्ध प्रदर्शन गरेका हुन् ।

आज हुने आफ्नो समूहको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आउनु भएको छ ।

 प्रचण्ड– नेपाल पक्षीय अनेरास्ववियूका विद्यार्थीले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।


Views: 81