17th April | 2021 | Saturday | 1:45:20 AM

कम्युनिष्ट आन्दोलन प्रधानमन्त्री समूहको नेकपामा रहेकोले फर्किए : शेरबहादुर तामाङ

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ८, २०७७ (२:३९ PM)

कम्युनिष्ट आन्दोलन प्रधानमन्त्री समूहको नेकपामा रहेकोले फर्किए : शेरबहादुर तामाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य शेरवहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राई प्रचण्ड– नेपाल समूह परित्याग गरि पुनः ओली पक्षिय नेकपामा फर्किनु भएको छ ।

तामाङ पार्टी विभाजन लगत्तै एक दिन ओली पक्षको संसदीय दलको बैठकमा सहभागी भएर प्रचण्ड–नेपाल पक्षमा लाग्नु भएको थियो ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का विघटित प्रतिनिधि सभाका सासंद समेत रहनुभएको तामाङले प्रचण्डलाई नेता मानेर उनलाई बोकेर हिड्न नसकिएकै कारण संस्थापन नेकपामा नै फर्किएको बताउनु भयो ।

उहाँले लोकप्रिय कम्युनिष्ट आन्दोलन पूर्वएमालेले बोकेको एजेन्डा भएकोले प्रधानमन्त्री समूहमा आफु फर्किएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यो कम्युनिष्ट आन्दोलन अहिले प्रधानमन्त्रीले बोकेर हिँडिरहनु भएको छ, पूर्वएमालेको विचार मन पर्ने जो पनि यहाँ आउन मिल्छ,’ उहाँले भन्नुभयो ।


Views: 82