17th April | 2021 | Saturday | 2:45:52 AM

नेकपाको बिवादले देश अनिर्णयको बन्दी बन्यो : गगन थापा

प्रकाश न्यौपाने   POSTED ON : फाल्गुन ८, २०७७ (६:४१ PM)

नेकपाको बिवादले देश अनिर्णयको बन्दी बन्यो  : गगन थापा

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापाले नेकपाको विवादले देश अनिर्णयको बन्दी बनेको बताउनु भएको छ ।

  शनिबार पश्चिम नवलपरासीको बर्दघाटमा तरुणदल जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले पार्टीको बिबाद मिलाएर सरकार चलाउन नसके घरमा गएर सुत्नुपर्ने भन्दै संसद बिघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको पनि बताउनु भयो  । प्रधानमन्त्री ओलीले  राष्ट्रपति बिद्यादेवी भण्डारीलाई लगेर व्यवस्थापिका संसदको च्याबी बुझाएको बताउनु भयो । अहिले  प्रधानमन्त्रीले चुनाव हुन्छ भनेर भाषण गर्दै हिडेपनि प्रधानमन्त्री र नेकपाकै कारण चुनाव नहुने बताउनु भयो । आफु नै चुनाब नगराउनेमा ढुक्क भएको भन्दै अहिले एकातर्फ केपी ओली र अर्को तर्फ सिङ्गो देश रहेकोले ओलीले हार्ने कि देशले हार्ने भन्ने अवस्थामा राष्ट्र आइपुगे बताउनु भयो । 

कार्यक्रममा बिशिष्ट अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देबेन्द्रराज कंडेल, तरुण दलका केन्द्रिय कोषाध्यक्ष बिधान गुरुङ, संविधान सभा सदस्यद्वय बिक्रम खनाल र देवकरण कलवार पार्टी जिल्ला सभापति बिष्णु पौडेललागायतले  अहिलेको सरकारले संविधान प्रति प्रतिगमन गरेको कारण प्राप्त उपलब्धिहरु गुम्ने खतरा बढेको बताउनु भयो । 

 कार्यक्रम नेपाल तरुण दलका जिल्ला सभापति शुकबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।


Views: 97