17th April | 2021 | Saturday | 2:29:15 AM

प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै

  POSTED ON : फाल्गुन ९, २०७७ (२:५९ PM)

प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै

विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएको छ। 

प्रदेश सचिवालयले जारी गरेको कार्यसूची अनुसार सोमबारको  प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईविरूद्ध अविश्वसको प्रस्ताव पेश हुनेछ ।

यससअघि आजको संसद् बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई मुख्य मन्त्री राईले दबाब दिइरहनु भएको छ ।  तर सभामुख भण्डारीले भने अस्वीकार गर्दै कार्यसूचीसमेत प्रकाशन गर्नुभएको छ ।

तर, सत्तापक्षको उपस्थिति भने प्रदेशसभामा अहिलेसम्म भएको छैन । सचिवालयले जारी गरेको कार्यसूचीमा अविश्वासको प्रस्तावको विषयमा छलफल हुने उल्लेख छ । सत्तापक्षका सांसदहरु मुख्यमन्त्री कार्यालयमा भेला भएका छन् ।

दिउँसो २ बजेसम्म प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रमुख सचेतकहरु रहेको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन ।


Views: 76