17th April | 2021 | Saturday | 2:43:32 AM

निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ : अध्यक्ष थापा

  POSTED ON : फाल्गुन ९, २०७७ (३:०५ PM)

निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ : अध्यक्ष थापा

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ ।  मिडिया नेपालद्वारा आज  दमकमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न  राजनीतिक दलसँग आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “ निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ  । निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ ।  ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छ  ।” नेकपालाई सरकार चलाउन जनताले दुई तिहाइको जिम्मेवारी दिए पनि तीन वर्षमा नै प्रतिनिधिसभा विघटन गरेर संवैधानिक सङ्कट आएको उहाँको भनाइ थियो ।  उहाँले संसद् विघटनसम्बन्धी  सर्वोच्च अदालतको फैसला पार्टीलाई स्वीकार्य हुने पनि बताउनुभयो । रासस


Views: 58