13th April | 2021 | Tuesday | 8:17:54 PM

नेकपा विवादले देश सङ्कटमा : महामन्त्री सिंह

  POSTED ON : फाल्गुन १०, २०७७ (१:४४ PM)

नेकपा विवादले देश सङ्कटमा : महामन्त्री सिंह

वलेवा । नेपाल कम्युनिष्ट पार्टी (मसाल_का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताउनुभएको छ । प्रगतिशील पत्रकार सङ्घ बागलुङले आज बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षा जस्ता महत्वपूर्ण विषयमा पनि नेकपा विवादको असर पर्ने जनाउनुभयो ।  

 “यस्तो बेलामा विदेशी शक्ति र प्रतिक्रियादीहरुले मुन्टो उठाउँछन्”, उहाँले भन्नुभयो, “नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश नै सङ्कटमा प-यो ।” धर्मनिरपेक्षता हटाउन र  एमसिसी सम्झौता पारित गर्नका लागि अहिलेको परिस्थिति सिर्जना भएको उहाँको भनाइ थियो ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले गल्ती गरेको आरोप उहाँले लगाउनुभयो । “छ दशकसम्म लडेर बनाइएको संविधान हो, संविधानको रक्षा नहुँदा सबै उपलब्धि गुम्छन्”, उहाँले भन्नुभयो । 

सङ्घीय सरकारलाई दिएको समर्थन फिर्ता गरेको मसालले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने कायम राख्ने सङ्केत उहाँले गर्नुभयो । रासस

Views: 64