13th April | 2021 | Tuesday | 7:16:23 PM

प्रचण्ड–नेपाल समूहको नेकपाद्वारा ६८ जिल्लामा नयाँ नेतृत्व चयन (सूचीसहित)

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १०, २०७७ (३:५७ PM)

प्रचण्ड–नेपाल समूहको नेकपाद्वारा ६८ जिल्लामा नयाँ नेतृत्व चयन (सूचीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले ६८ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो ।

जसमा पुष्पकमल दाहाल प्रचण्ड पक्षले ३५ जिल्ला र माधवकुमार नेपालपक्षले ३३ जिल्लामा नेतृत्व लिएका छन् । यसअघि प्रचण्ड–नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको थियो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेमा भएको छ । एक समूहको नेतृत्व केपी ओलीले गर्नुभएको छ भने अर्को पक्षको पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपालले गर्नुभएको छ ।

बाँकी रहेका १२ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने नेकपा प्रचण्ड–नेपाल पक्षले जानकारी दिएको छ ।

सूची





Views: 141