27th February | 2021 | Saturday | 4:22:59 PM

पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ११, २०७७ (१२:४० PM)

 पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।

उहाँ दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा बिहान ९ बजेदेखि भर्ना हुनु भएको प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।

 पाण्डेका अनुसार आज दिनभर उहाँलाई अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने छ ।

पूर्वप्रधानमन्त्री भट्टराई लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँ यसअघिदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आउनु भएको थियो । उपचारका क्रममा चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उहाँ त्यसको उपचारका लागि हिजो दिल्ली जानु भएको हो ।


Views: 50