13th April | 2021 | Tuesday | 7:02:26 PM

कायर हो र राजीनामा दिनलाई ? अब सबै खेल मैदानबाट छिनोफानो हुनेछ – मन्त्री श्रेष्ठ

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १२, २०७७ (१:३६ PM)

 कायर हो र राजीनामा दिनलाई ? अब सबै खेल मैदानबाट छिनोफानो हुनेछ – मन्त्री श्रेष्ठ

भक्तपुर  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजीनामा दे भन्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । 

पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रम ओलीले कुनैपनि हालतमा राजीनामा नदिने दोहो¥याउनुभयो । 

उहाँले भन्नुभयो–राजिनामा दिने हामी कायर हो, कुनैपनि हालतमा राजीनामा आउँदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताब फेस गर्नुहुन्छ । संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने बताउनुभयो ।  उहाँले भन्नुभयो–‘अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौै तर यो निर्णयले झन् विवाद बढाएको छ ।

 बुधबार सिटिइभीटीको ३३ र्औ वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–हामी जनताबाट आएका हौ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याङकन गर्नेछन् । 

 ‘संसद पुनस्थापना भए लगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाडेको उल्लेख गर्दै सपना बाड्दैमा कोहीपनि प्रधानमन्त्री हुन नसक्ने स्पष्ट पार्नुभयो । अबको प्रधानमन्त्री पनि केपी ओलीनै हो, उहाँले नै निर्वाचन गराउनुहुन्छ । 

 हामीले १३ गते फैसला आउने अपेक्षा गरेका थियौ, प्रधानमन्त्रीले जन्मदिन मनाइरहेको बेला एकाएक फैसला सुनाउँदा गलत भएको छ । अदालतको फैसलापछिको विश्लेषण गर्दै उहाँले भन्नुभयो–अब सबै खेल मैदानबाट छिनोफानो हुनेछ । अदालतको फैसलाबाट राजनीतिक मैदान खुला भएको छ । हामी मैदानमा उत्रिएका छौ, खेल खेल्ने तयारीमा छौ, हामीले गोल गरेरै देखाउँछौ । 

   हामीसंग नेपालको राजनीतिमा पेले छन्,रोनाल्डो छ , म्यारोडोना र मेसी हामीसंगै छ त्यसैले हामीलाई कुनै समस्या छैन, जस्तोसुकै परिस्थिति आएपनि राजनीति मैदान छाड्नेवाला छैनौ, हाम्रै जित सुनिश्चित हुनेछ । जनता हाम्रो साथमा छन् जनताको फैसला स्वीकार गनैछांै । 

नैतिकताको आधारमा मन्त्रीले राजीनामा दिनुपर्छ भन्दै फेसबुकमा स्टाटस लेख्ने र  सडकमा कुर्लिनेहरुलाई सरकारको तर्फबाट मेरो यो जवाफ छ कि सक्छौ भने अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउ । 

सुन हो कि पित्तल, हिरा हो कि सिसा भनि नक्कली र सक्कली भनी छुट्टयाउन सक्ने क्षमता जनतामा भएको बताउँदै अहिले आन्दोलन गरेर हिड्ने गुट नक्कली भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो–काग भएर मयुरको प्वाख राखेर कराउँदै हिडेका छन् । जनताले असली मयुर चिनेर प्वाख हाल्ले मयुररुपी काग  बन्नेलाई धिक्कार गर्नेछन् । 

  उहाँले मुलुक राजनीतिक संकटतर्फ धकेलिएको संकेत गर्दै यस्लाई रोक्ने काम ओली सरकारको भएको चर्चा गर्नुभयो । भन्नुभयो–यो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई साक्षी राखेर समस्या समाधान गर्नुहुन्छ ।

 संसद पुनःस्थापना भएपछि सरकारको तर्फबाट पहिलो धारणा राख्नुभएका मन्त्री श्रेष्ठले अबपनि केपी ओलीको विकल्प नभएको स्पष्ट पार्नुभयो । 

 कार्यक्रममा सिटिइभीटीले गरेका कामको प्रशंसा गर्दै योजनाबद्ध ढंगले अधि बढ्न निर्देशन दिनुभयो । सो संस्थाको अध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले प्राविधिक शिक्षालाई पहिलो प्राथमिकातामा राखेर अघि बढ्ने बताउनुभयो । 

 कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य(शिक्षा) डा. उषा झा,  सिटिइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, शिक्षा सचिव रामप्रसाद थपलिया, सदस्य सचिव पुष्प रमण वाग्ले लगायतले बोल्नुभएको थियो । 

कार्यक्रममा मन्त्री श्रेष्ठ, सचिव थपलिया लगायतले टिभिइभीटी परिसरमा वृक्षरोपाण गर्नुभएको थियो । मन्त्री श्रेष्ठले वार्षिकउत्सवको केक काट्नुभएको थियो । 


Views: 79