13th April | 2021 | Tuesday | 6:15:42 PM

अदालतले दिएको समयसीमा भित्रै संसद बोलाउने ओली समूहको निर्णय

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १२, २०७७ (३:४२ PM)

अदालतले दिएको समयसीमा भित्रै संसद बोलाउने ओली समूहको निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले दिएको समयसीमा बमोजिम प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने हुनुभएको छ ।

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठकमा अदालतले दिएको समयसीमाभित्र संसदको अधिवेशन बोलाउने जानकारी प्रधानमन्त्रीले दिनुभएको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै ओलीपक्षीय नेकपाका प्रवक्तासमेत रहनुभएको  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अदालतको फैसलाको सम्मान गर्दै त्यसलाई समयसीमाभित्र कार्यान्वयनमा लगिने बताउनु भयो ।

उहाँले संसदीय दल र केन्द्रीय कमिटी बैठक पनि बोलाउनेबारे स्थायी कमिटीमा छलफल भएको जानकारी दिदैँ दलको नेता केपी ओली र उपनेता सुवास नेम्वाङले बोलाएको बैठक नै आधिकारिक हुने पनि बताउनु भयो ।

बैठकले यो समूहले देशका विभिन्न स्थामा तय गरेको सभाहरुलाई निरन्तरता दिने पनि निर्णय गरेको छ । केही ठाउँको कार्यक्रमको स्वरुप फेरिए पनि आफ्नो कुरा राख्न सभा गर्ने निर्णय भएको उहाँले बताउनु भयो ।


Views: 57