13th April | 2021 | Tuesday | 8:04:46 PM

ओलीले कि बहुमत पु-याउनु प-यो, कि त छोड्नुप-यो : सभापति देउवा

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १२, २०७७ (५:२७ PM)

ओलीले कि बहुमत पु-याउनु प-यो, कि त छोड्नुप-यो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले संसदमा कि बहुमत पुर्याउनु पर्ने कि त सरकार छाड्नु पर्ने बताउनु भएको छ ।

बुधबार महेन्द्रनारायण निधिको ९९औं जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा सभापति देउवाले अविश्वासको प्रस्ताव फेश नगर्न ओलीले राजीनामा दिनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘तर, ओलीजीले राजीनामा दिनुहुन्छ जस्तो लाग्दैन त्यसो हुँदा उहाँले बहुमतसिद्ध गर्नुप-यो, कि छाड्नुप-यो । योभन्दा विकल्प छैन’, देउवाले भन्नुभयो ।

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि आफूले निर्वाचन वा पुनःस्थापना दुवै स्वीकार्ने बताएकोमा अन्यथा नलिन देउवाले आग्रह समेत गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘कांग्रेसलाई जनताले भोट दिएनन् तर आखिर कांग्रेस नै रहेछ भन्ने बुझियो । कांग्रेसबाट आशा गरेकोमा सबैलाई धन्यवाद ।’


Views: 78