13th April | 2021 | Tuesday | 7:03:55 PM

ओखलढुंगाका ७२ महिला जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

जीवन शर्मा   POSTED ON : फाल्गुन १३, २०७७ (११:३० AM)

ओखलढुंगाका ७२ महिला जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

ओखलढुंगा । ओखलढुंगाका चार स्थानीय तहका ७२ जना महिला जनप्रतिनिधिहरुलाई क्षमता विकास सम्बन्धी तालिम दिइएको छ । दलित महिला केन्द्र नेपालद्धारा सञ्चालित शि लिड्स परियोजनाले महिला जनप्रतिनिधिहरुको नेतृत्व तथा क्षमता विकास गराउने उद्देश्यका साथ तालिम उपलब्ध गराएको हो । 

जिल्लाको मानेभङज्याङ, मोलुङ, सुनकोसी र सिद्धिचरण नगरपालिकाका जननिर्वाचित वडा महिला सदस्यहरुलाई क्षमता अभिबृद्धि सम्बन्धी प्रारम्भिक प्रशिक्षण गराएको परियोजनाका मुल्याकंन अधिकृत बुना बिकले जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रम प्रत्येक स्थानीय तहमा ३–३ दिन दिइएको वाहाको भनाइ छ । प्रशिक्षण पश्चात व्यवहारिक ज्ञानको जिम्मेवारी समेत दिइएको वताइएको छ । तालिममा सहभागि महिलाहरुले सिकेका कुराहरुलाई प्रयोगमा ल्याउन र आत्माविश्वास बढाउनका लागि छिमेकी महिलाहरुलाई सहजीकरण गर्ने जिम्मेवारी दिइएको विकले बताउनुभयो । यसले उनिहरुमा भएका प्रतिभालाई बाहिर निकाल्न र नेतृत्व क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

स्थानीय सरकारमा महिलाको भुमिका प्रभावकारी बनाउने ज्ञान प्रदान गर्न, राजनीतिक संवादमा महिलाको सहभागि बढाउदै आत्मा विश्वासमा बृद्धि गर्न,  लैङ्खिक समानता प्रवद्र्धन–संरक्षण गर्न, महिलाहरु विच आपसमा अनुभव आदानप्रदान गर्न र आपसी सहयोग गर्नको लागि सञ्जाल निर्माण गर्ने उद्देश्यका साथ उक्त तालिमको आयोजना गरिएको शि लिड्स परियोजनाका प्रशिक्षक मैया राईले जानकारी दिनुभयो । गत माघ २४ गते मानेभङज्याङ गाउँपालिका बाट सुरु भएको पहिलो चरणको प्रशिक्षण कार्यक्रम आज सुनकोसी गाउँपालिमा सम्पन्न गरिएको छ । 

राजनीतिक रुपमा नेतृत्व सीप र क्षमता विकासको कमीले संघियताको मर्म र भावना अनुसार महिला जनप्रतिनिधिले काम गर्न नसकेको सुनकोशी गाउपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीले बताउनुभयो । आगामी दिनमा यो अभाव पूर्ति गर्दै आफ्ना अधिकारलाई स्थापित गर्न र हरेक निर्णयमा महिलाहरुको अर्थपूर्ण सहभागिता जनाउनका लागि क्षमता अभिबृद्धि तालिम कोसेढुंगासावीत हुने अधिकारीको भनाइ छ । तालिम पश्चात आफुहरुमा आत्मा विश्वास बढेको सहभागि महिला जनप्रतिनिधिहरुले बताएका छन् । 


Views: 320