काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका दुई अध्यक्षले जसपाका केही शीर्ष नेताहरूसँग छलफल गर्नु भएको छ । विकसित पछिल्लो घटनाक्रमको बारेमा तथा सरकार गठनका सन्दर्भमा कुरा भएको हो । छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो । प्रचण्ड–माधवको प्रस्तावमा जसपा नेताहरूले सकारात्मक रहेको र पार्टीभित्र छलफल गरेर निर्णय गर्ने जवाफ दिनुभएको छ।
Views: 70