13th April | 2021 | Tuesday | 7:45:29 PM

प्रतिनिधिसभाका सांसदहरुले पुस यताको तलब एकमुष्ट पाउने

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १३, २०७७ (४:२८ PM)

प्रतिनिधिसभाका सांसदहरुले पुस यताको तलब एकमुष्ट पाउने

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने भएका छन्। 

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि सांसदहरुले संसद नचलेको अवधिको पनि तलब पाउने भएका हुन्।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन असंवैधानकि भएकाले त्यतिबेलादेखि नै कानुनी प्रभाव शून्य रहने गरी बदर गरिदिएको थियो। पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार पुसको बाँकी अवधिको र माघ तथा फागुनको तलब सांसदहरूको खातामा जम्मा हुने छ ।


Views: 90