17th April | 2021 | Saturday | 10:44:47 PM

मन्त्रिपरिषदको बैठक डाकियो

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १४, २०७७ (२:४६ PM)

मन्त्रिपरिषदको बैठक डाकियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ। प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

 बैठकबाट प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते संसद विघटन गर्नुभएको थियो । तर सर्वोच्च अदालतले यही फागुन ११ प्रतिनिधिसभा भंग गरेर निर्वाचनमा जाने निर्णय बदर गरेका थियो । सर्वोच्चले १३ दिनभित्र संसद्को अधिवेशन बोलाउन परमादेशसमेत जारी गरेको छ।

मन्त्रिपरिषद बैठक प्रतिनिधिसभा पुनःस्थापना पछि पहिलो पटक बस्न लागेको हो । यस अगाडि मंगलबार बिहान मन्त्रिपरिषद् बैठक बसेको थियो।

बिहीबारमात्र राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीले परामर्श गर्नुभएको थियो ।


Views: 126