13th April | 2021 | Tuesday | 6:40:18 PM

नेकपा प्रमुख सचेतकबाट देव गुरुङ बर्खास्त, विशाल भट्टराईलाई जिम्मेवारी

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १४, २०७७ (३:५५ PM)

नेकपा प्रमुख सचेतकबाट देव गुरुङ बर्खास्त, विशाल भट्टराईलाई जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री एवं विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई बर्खास्त गर्नुभएको छ । 

उक्त ठाउँमा खोटाङबाट निर्वाचित विशाल भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरिएको छ ।

उहाँले विशाल भट्टराईलाई जिम्मेवारी दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

भट्टराईलाई प्रधानमन्त्री ओलीले आजै संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको उपस्थितिमा प्रमुख सचेतकको नियुक्तिपत्र दिनुभएको छ ।

विधान अनुसार दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक मनोयन गर्ने व्यवस्था नेकपामा छ । पुस ५ गते प्रधानमन्त्री अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । एक समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गर्नुभएको छ भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल र माधवकुमार नेपालले गर्नुभएको छ ।


Views: 94