काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुग्नु भएको छ । गौतम नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग पार्टी एकताको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतको दाबी छ ।
संसद पुर्नस्थापना भएसँगै नेकपालाई मिलाउने अभियनमा जुटु्नुभएको गौतमले बिहीबार खुमलटारमै गएर प्रचण्डलाई भेटी पार्टी एकताको पहल गर्न प्रस्ताव गर्नुभएको थियो ।
उहाँले आजको भेटमा यस्तै प्रस्ताव ओलीसमक्ष पनि राख्ने बताइएको छ ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी दुई समूहमा विभाजन हुँदा कुनै समूहमा नलागी एकता अभियानमा लाग्नुभएको गौतमले विभाजनलगत्तै आफ्नो नेतृत्वमा नेकपा एकता अभियान सुरू गर्नुभएको थियो ।
Views: 81