17th April | 2021 | Saturday | 11:33:21 PM

प्रचण्डद्वारा अदालतलाई धम्की दिएको भन्दै आफूविरुद्धको रिट खारेज गर्न माग (पूर्णपाठसहित)

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १६, २०७७ (१:१८ PM)

प्रचण्डद्वारा अदालतलाई धम्की दिएको भन्दै आफूविरुद्धको रिट खारेज गर्न माग (पूर्णपाठसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र न्यायाधीश उपर लाञ्छना लगाउने, धम्की दिने र न्याय दिने काममा बाधा गर्ने न्यायिक फैसला उलङ्घन गर्ने काम आफूबाट हुन नसक्ने बताउनु भएको छ ।

त्यस्तै उहाँले आफूले अदालतलाई धम्की दिएको भन्ने झुटो भएको भन्दै आफूविरुद्धको रिट खारेज गर्न माग गर्नुभएको छ । 

अदालतको अवहेलना मुद्दामा आइतबार १० बुँदे लिखित जवाफ पेश गर्दै प्रचण्डले संवैधानिक नियुक्तिको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको पनि उल्लेख गर्नुभयो ।

प्रचण्डले जवाफमा लेख्नुभएको छ्–मैले सावजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।




Views: 88